दफा
आवास सुविधा

(१) प्रधान न्यायाधीश र न्यायाधीशलाई आवासको निमित्त नेपाल सरकारबाट सरकारी घरको बन्दोबस्त गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको घरको मर्मत र सम्भार नेपाल सरकारबाट हुनेछ ।

(३) उपदफा (१) बमोजिम सरकारी घरको बन्दोबस्त नभएकोमा प्रधान न्यायाधीशलाई गार्डघर तथा निजी सचिवालयको व्यवस्था सहितको उपयुक्त घर भाडामा लिएर नेपाल सरकारले उपलब्ध गराउनेछ ।

(४) काठमाडौं उपत्यकामा आफ्नो घर नहुने न्यायाधीशलाई अनुसूची–१ मा उल्लेख भए बमोजिमको रकम आवास सुविधा बापत दिइनेछ ।

(५) उपदफा (१) वा (३) बमोजिम नेपाल सरकारबाट बन्दोबस्त भएको आवास तथा प्रधान न्यायाधीशको निजी सचिवालयको लागि उपयुक्त फर्निचरको व्यवस्था नेपाल सरकारबाट हुनेछ ।

(६) आफ्नो घरमा बस्ने न्यायाधीशलाई अनुसूची–१ मा उल्लेख भए बमोजिमको रकम मर्मत र सम्भार बापत दिइनेछ ।

(७) भाडाको घरमा बस्ने न्यायाधीशलाई वर्षको एक पटक निजले खाईपाई आएको मासिक पारिश्रमिकको आधा रकम घर मर्मत र सम्भार बापत दिइनेछ ।

(८) यस दफा बमोजिम पाउने सुविधा प्रधान न्यायाधीश र न्यायाधीशलाई निजको पदावधि समाप्त भएको मितिले सात दिनसम्म दिइनेछ ।